
नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। सोमबार प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर ३ हजार १४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतिदश ग्राम २ लाख १२ हजार ५३५ रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतिदश ग्राम २ हजार ६९६ रुपैयाँ निर्धारण गरिएको छ।
अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन हुँदै आएको छ।





























