गोदावरीको समैजी माध्यमिक विद्यालयमा लागूऔषध नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–८ स्थित समैजी माध्यमिक विद्यालयमा लागूऔषध दुर्व्यसन नियन्त्रण तथा रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ।

CP Hospital Dhangadhi

धर्मेश्वर फाउन्डेसनको अगुवाइमा सशस्त्र प्रहरी बल नेपाल, बडिमालिका जवान तालिम शिक्षालय कैलालीको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई लागूऔषधको दुरुपयोगबाट व्यक्ति, परिवार तथा समाजमा पर्ने नकारात्मक असर, यसले निम्त्याउने सामाजिक तथा स्वास्थ्यसम्बन्धी जोखिम र यसको नियन्त्रण एवं रोकथामका उपायबारे जानकारी गराइएको थियो।

कार्यक्रममा सहायक प्रहरी निरीक्षक रमेशप्रसाद अवस्थीले प्रशिक्षण दिएका थिए। उनले विद्यार्थीहरूलाई लागूऔषधको प्रयोगबाट हुने हानि र यसले भविष्यमा पार्न सक्ने असरबारे जानकारी गराउँदै यस्ता कुलतबाट टाढा रहन आग्रह गरे।

विद्यालय तहबाटै लागूऔषधविरुद्ध सचेतना फैलाउने उद्देश्यले आयोजित कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच विकास गर्न र दुर्व्यसन नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।