
नेपाली बजारमा आइतबार सुनचाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो।

महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ कायम थियो। शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको हो।
त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। शुक्रबार प्रतितोला ३ हजार १९५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर ३ हजार २१५ रुपैयाँ पुगेको छ। चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको महासंघले जनाएको छ।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख १२ हजार ७०५ रुपैयाँ कायम भएको छ। त्यसैगरी, १० ग्राम चाँदीको मूल्य २ हजार ७५६ रुपैयाँ निर्धारण गरिएको छ।


























