देउवा नेतृत्वकै कांग्रेस आधिकारिक हो, भ्रममा नपर्न डा. शशांक कोइरालाको आग्रह

Image
Nisarga Hospital

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै पार्टीको आधिकारिक नेपाली कांग्रेस भएको दाबी गरेका छन्। उनले पार्टीको आधिकारिकताका विषयमा नेता तथा कार्यकर्तालाई कुनै पनि प्रकारको भ्रममा नपर्न आग्रह गरेका छन्।

CP Hospital Dhangadhi

आइतबार सुर्खेतमा आयोजित नेपाली कांग्रेसको कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै १५औँ महाधिवेशन तयारी समितिका संयोजकसमेत रहेका कोइरालाले देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक भएको बताएका हुन्।

सम्बोधनका क्रममा उनले पार्टीको नेतृत्व र आधिकारिकताबारे भइरहेको विवादप्रति टिप्पणी गर्दै देश र पार्टी कठिन परिस्थितिबाट गुज्रिरहेका बेला आफूलाई आफैँ कांग्रेसको सभापति घोषणा गरेर भ्रम फैलाउने काम भइरहेको आरोप लगाए।

उनले गगन थापालाई लक्षित गर्दै पार्टीको आधिकारिकताबारे अनावश्यक भ्रम सिर्जना नगर्नसमेत आग्रह गरेका थिए।

‘शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस हो। यो विषयमा कुनै साथीहरूलाई पनि भ्रम नहोस्,’ उनले भने।

कोइरालाले मुलुक र पार्टी अप्ठ्यारो परिस्थितिमा रहेका बेला नेतृत्वसम्बन्धी विवादले कार्यकर्ता तथा आम नागरिकमा अन्योल सिर्जना गरेको टिप्पणीसमेत गरेका छन्। पार्टीको आधिकारिकताबारे आफ्नो धारणा स्पष्ट पार्दै उनले देउवा नेतृत्वकै कांग्रेसलाई आधिकारिक मान्नुपर्ने बताएका हुन्।