
कञ्चनपुर : महेन्द्रनगर बजारमा पैदल मार्गमा राखिएका सामान भीमदत्त नगरपालिकाले जफत गरेको छ । सोमबार नगर प्रहरीले पैदल मार्गमा राखिएका व्यापारीका सामानहरु जफत गरेको हो ।

यसअघि नगरपालिकाले पैदमार्ग खाली गराउन पटक पटक सुचना जारी गरे पनि यहाँका घरधनी र व्यवसायिहरुले अटेर गरेका थिए ।

नगरप्रहरीले विभिन्न समयमा पैदलमार्ग खाली गराउन आग्रह गरेपछि अटेरीगरेपछि सामेबार पैदलमार्गमा राखिएका सामान जफत गरिएको नगरपालिकाले जनाएको छ ।
































