नेपाली बजारमा फेरी आज घट्यो ! सुनको मूल्य, सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि कतिमा हुदैछ सुनाचाँदीको कारोबार ?

Image
Nisarga Hospital

मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य सामान्य घटेको छ। सोमबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि सामान्य घटेको छ।

Attariya Hospital

सोमबार प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १४ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

nawajiwan