प्रसिद्ध धार्मिक तथा पर्यटकीय कालिन्चोकसहित उच्च हिमाली क्षेत्रमा हिमपात सुरु, पर्यटक रमाउदै

Image
Nisarga Hospital

सुजन काफ्ले / चरीकोट: दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय कालिन्चोकसहित उच्च हिमाली क्षेत्रमा मंगलबार दिउँसोबाट हिमपात सुरु भएको छ। मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि कालिन्चोक क्षेत्रमा हिमपात सुरु भएको हो।

CP Hospital Dhangadhi

दिउँसोबाट सुरु भएको हिमपात निरन्तर जारी रहेको सुनापाती होटल सञ्चालक हरि ओलीले बताउनुभयो। जिल्लाको मुख्य पर्यटकीय स्थलका रूपमा चिनिने कालिन्चोक, जिरी शैलुङ खरीढुङ्गालगायतका क्षेत्रमा पनि हिमपात सुरु भएको छ।

तीन हजार आठ सय ४२ मिटर उँचाइमा रहेको कालिञ्चोकमा मंगलवार दिउँसोबाट हिमपात सुरु भएको थियो । निरन्तर हिमपात भएका कारण कालिञ्चोक मन्दिरलगायत आसपासका पहाड र कुरी बजारसमेत सेताम्य भएको ओलीले बताउनुभयो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

हिउँ परेपछि कालिञ्चोकमा पर्यटकको आगमनमा वृद्धि हुने र कालिञ्चोकमा पुगेका पर्यटक खुशी देखिएको पर्यटन व्यवसायी ओलीले बताउनु भयो । कालिन्चोक क्षेत्रमा विगतका वर्षमा यो वर्ष भने पहिलोपटक हिमपात भएको हो। कालिन्चोकको कुरी, मन्दिर रहेको टापु, गणेश थुम्का, गैरीलगायत ठाउँमा हिमपात भएको व्यवसायी बताउनुहुन्छ।

हिमपातमा सधैँ पर्यटक भरिभराउ हुने कालिन्चोकमा यो वर्ष हिमपात नहुँदा पर्यटकको चहलपहल खासै बढेको थिएन।पछिल्लो समय कालिञ्चोकमा भारतको केरला, पश्चिम बंगाल, पाकिस्तान, बंगलादेश लगायतबाट उल्लेख्य पर्यटक आउने गरेको पर्यटन व्यवसायी ओलीले बताउनु भयो ।

कालिन्चोकमा हिउँ खेल्न नेपालको तराई तथा काठमाडौं उपत्यकासँगै भारतको विभिन्न ठाउँबाट समेत ठूलो सङ्ख्यामा पर्यटक आउने गरेको उहाँले बताउनुभयो। कालिन्चोकको कुरीमा झन्डै ९० सय वटा साना तथा ठूला होटल छन्।

दोलखा सदरमुकाम चरिकोटबाट १८ किलोमिटरको दूरीमा रहेको कालिञ्चोकको प्रवेश बजार कुरीबाट झण्डै एक किलोमिटर केबलकार मार्फत कालिञ्चोकको टाँकुरामा पुग्न सकिने व्यवस्था रहेको छ । कुरीबाट केबलकारमा टाँकुरा पुग्न र फर्कन नेपालीलाई प्रतिव्यक्ति ६ सय रुपियाँ शुल्क लाग्ने केबलकार टिकट काउण्टरका सन्देश शिवाकोटीले बताउनु भयो ।

यो समाचार आजको गोरखापत्र अनलाइनले छापेको छ ।

Dhnagadhi & Krishanapur