बझाङकी एक महिला भारतमामा मृत्यु

Image
Nisarga Hospital

बझाङः भारतमा बझाङकी एक महिलाको मृत्यु भएको छ। खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा बझाङकको तल्कोट गाउँपालिका–१ सुनिकोट भाडागाउँकी ३१ वर्षीया नारदा थापाको मृत्यु भएको हो।

CP Hospital Dhangadhi

सुतेको अवस्थामा राति ग्यास लिक भएको थाहा नपाएर बिहान ग्यास खोल्दा पड्किएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ग्यास पड्किएर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा सन्जन अस्पतालमा मृत्यु भएको उनका आफन्तले बताएका छन्।

Attariya Hospital

घटनामा घाइते भएका मृतक थापाका छोरा ११ वर्षीय आयुश थापाको अनुहारको सर्जरी गरिएको मृतकका देवर रमेश थापालाई उधृत गर्दै मष्टा–७ का नवराज बोहराले बताए।

nawajiwan

अहिले आयुशको अवस्थामा सुधार आएको उनले बताए। मृतक थापाको परिवार कामको सिलसिलामा लामो समयदेखि बैङ्लोरमा बस्दै आएका थिए।