बझाङमा ट्रक दुर्घटना हुदा एक जना घाइते

Image
Nisarga Hospital

बझाङः बझाङमा ट्रक दुर्घटना हुदा एक जना घाइते भएका छन् । घाइते हुनेमा ट्रक चालक बित्थडचिर गाउपालिका बर्ष २५ का खडक साउद रहेका छन् । ट्रक चालकले हाम फालेको हुनाले सामान्य चोट लागेको र उनको रायल प्राथमिक स्वास्थय केन्द्रमा उपचार भैरहेको जनाइएको छ ।

CP Hospital Dhangadhi

बाग्थला बिजगडा सडक खण्ड अन्तर्गत धनगढी बाट बिजगडा जादै गरेको भे १ ख ३७९३ नम्बर ट्रक आज दिउँसो करिब १ बजेतिर चिप्लेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

सिमेन्ट, सरिया, प्लाइउड, लगायतका सामान बोकेर बिजगडाका लागी हिडेको ट्रक सडकबाट चिप्लिदा सामान सँगै ट्रकमा क्षति हुन पुगेको छ । सडक सतह चिप्लो भएका कारण चिप्लेको ट्रक सडकबाट करिब ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur