माओबादी नेता खगराज भट्टसँग प्रचण्डले भने दलको नेताबाट हटाइएपछि भने तपाईमाथि अन्याय हुने छैन्

Image
Nisarga Hospital

कैलाली: सुदूरपश्चिम प्रदेश सभामा बहुमतबाट हटाइएका माओवादी दलका नेता खगराज भट्टले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। शुक्रबार बालुवाटारमामाओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सुदूरपश्चिम प्रदेशका माओवादी मन्त्री सहितका नेताहरूले भेटवार्ता गरेका हुन्। बहुमत प्रदेश सभा सदस्यहरूले माओवादी दलको नेता परिवर्तन गरेपछि प्रदेशमा विवाद सुरु भएको थियो ।

CP Hospital Dhangadhi

बहुमतबाट हटाइएका संसदीय दलका नेता खगराज भट्ट सामाजिक विकास मन्त्री झपट साउद,उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, सांसद जनकीदेवी कुँवर, प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव र प्रचण्ड बुहारी समेत रहेकी नेतृ विना मगरले शुक्रबार प्रचण्डलाई भेटेर समसामायीक विषयमा जानकारी गराएका हुन् ।

बिहान करिब ८ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच करिब ३० मिनेट संवाद भएको थियो। हरिराम चौधरी, खगराज भट्ट, रमेश धामी, बिना मगर लगायतले सुदूरपश्चिम प्रदेश माओवादीमा अहिले समस्या देखिएको र केन्द्रबाट यस विषयमा हस्तक्षेप गर्न आवश्यक रहेको बताएका थिए। लेखराज भट्ट एमाले भएपछि कमजोर भएको पार्टी खगराज भट्टलाई दलको नेताबाट हटाएर थप कमजोर बनाउन लागेको प्रदेश अध्यक्ष चौधरीले प्रधानमन्त्रीलाई बताएका थिए।

nawajiwan
Attariya Hospital

पछिल्लो घटनाक्रमले राम्रो सन्देश नदिएको उनले बताए। स्थायी कमिटी सदस्य समेत रहेका भट्टले आफू माथि अन्याय भएको जिकिर गरे ।‘मेरो राजनैतिक जीवनको इतिहासमा सबै भन्दा ठूलो धक्का खाए’ उनले प्रचण्डलाई सुनाए। सबैको कुरा सुनेपछि प्रचण्डले तत्काल मन्त्रीमण्डल फेरबदल नहुने बताएका थिए । बहुमत प्रदेश सभा सदस्यहरूसँग संसदीय दलको नेता हेरफेर गरेपछि भेट नभएको भन्दै यस विषयमा केन्द्रीय समिति बैठक पछि थप छलफल हुने बताए । त्यो भन्दा पहिले मन्त्रीहरू हेरफेर नहुनेमा आश्वस्त हुने प्रचण्डले भनेका थिए ।

माओवादी अध्यक्ष प्रचण्डले खगराज भट्टलाई अन्याय हुन नलिने बताए । यस विषयमा दुबै पक्षसँग बसेर छलफल गरेर निकास दिने प्रचण्डले बताए।अघिल्लो शुक्रवार माओवादी बहुमत प्रदेश सभा सदस्यहरूले खगराज भट्टलाई संसदीय दलको नेताबाट हटाएर मानबहादुर धामीलाई चयन गरेका थिए । ११ जना प्रदेशसभा सदस्य रहेको माओवादी केन्द्र सुदूरपश्चिममा एक जना सभामुख छन् । मानबहादुर धामी,अक्कल रावल, ओमविक्रम भाट सरल, गीतादेवी माल, लक्ष्मी विक र शिवसिंह ओलीले धामीलाई दलको नेता बनाउने निर्णय गरेको बैठकमा खगराज भट्ट, झपट साउद, रमेश धामी र जनकीदेवी कुँवर उपस्थित थिएनन् । ४ जनाको अनुपस्थितिमा ६ प्रदेश सांसदले गरेको निर्णय सच्याउन माओवादीको प्रदेश कमिटीले निर्देशन दिइसकेको छ। तर, संसदीय दलले उक्त निर्णय नै अल्पमतको रहेको भन्दै कार्यान्वयन नहुने बताइसकेको छ । दुई मन्त्री, दुई सांसद र दुई नेताले प्रचण्डलाई सुदूरपश्चिम प्रदेशको विषयमा थप जानकारी गराएपछि अब दुबै पक्षसँग बसेर थप छलफल हुने देखिएको छ ।