बाढी–पहिरोले कांग्रेसको १५औँ महाधिवेशन अन्योलमा, केही दिन सार्ने तयारी

Image
Nisarga Hospital

नेपाली कांग्रेसको १५औँ महाधिवेशन केही दिन पर सार्ने विषयमा पार्टीभित्र छलफल सुरु भएको छ। असोज ८ देखि ११ गतेसम्म भएको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी, पहिरो तथा सडक र पुलमा क्षति पुगेपछि महाधिवेशनका प्रतिनिधिको आवागमनमा कठिनाइ हुने देखिएपछि मिति सार्नेबारे छलफल भएको हो।

CP Hospital Dhangadhi

कांग्रेसले यसअघि १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका तय गरेको थियो। केन्द्रीय निर्वाचन समितिले पनि सोहीअनुसार अधिवेशन प्रक्रिया अघि बढाइरहेको छ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार प्राकृतिक विपत्तिका कारण महाधिवेशनस्थलसम्म पुग्ने सडक तथा पुलमा क्षति पुगेको र विभिन्न तहका अधिवेशन सम्पन्न गर्नसमेत कठिनाइ भइरहेको छ। त्यसैले महाधिवेशन केही दिन सार्ने विषयमा छलफल भइरहेको भए पनि अन्तिम निर्णय भइसकेको छैन।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यद्यपि, मिति सार्दा उत्पन्न हुनसक्ने कानुनी जटिलताबारे समेत पार्टीले अध्ययन गरिरहेको छ। कांग्रेसले सर्वोच्च अदालतमा आफ्नो धारणा पेस गर्दा असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने उल्लेख गरेको थियो। उक्त मिति सर्वोच्च अदालतको फैसलामा समेत समावेश भएकाले कानुनी पक्षलाई ध्यानमा राखेर मात्र निर्णय लिइने प्रवक्ता चालिसेको भनाइ छ।

यसअघि नै भारी वर्षाका कारण तल्लो तहका अधिवेशन प्रभावित भएपछि कांग्रेसले स्थानीय मौसमको अवस्था हेरेर क्षेत्रीय अधिवेशनको समय व्यवस्थापन गर्न निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको थियो।

Dhnagadhi & Krishanapur