बैतडीका एक युवक भारतको बेङ्गलोरमा बेपत्ता

Image
Nisarga Hospital

बैतडी: बैतडीका एक युवक भारतको बेङ्गलोरमा बेपत्ता भएका छन् ।जिल्लाको दोगडाकेदार गाउँपालिका ३ थाम घर भएका ३० वर्षिय बिरेन्द्र विष्ट बेपत्ता भएका हुन् ।

CP Hospital Dhangadhi

बिरेन्द्र चार दिन देखि बेपत्ता रहेका उनका आफन्त भान सिंह बिष्ट जानकारी दिनुभयो ।बेङ्गलोर सरदारजीका ढाबा रुपेना माडी वाला होटल्मा काम गर्दै आएका विष्ट कोठाबाट सरसफाइका लागि साबुन ल्याउछु भने निस्केका थिए।
विष्ट अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

विष्ट बेपत्ता भएपछि खोजि कार्यका लागि सबैलाई आग्रह गरिएको छ ।उनलाई कसैले कहिँ कतै देखे 8904142044 मोबाइल नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ।