अबका चुनावमा कांग्रेसले कुनै दलसँग गठबन्धन गर्नुहुँदैन : शेखर कोइराला

Image
Nisarga Hospital

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अबको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन गर्न नहुने बताएका छन्। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा लिखित धारणा राख्ने क्रममा उनले कांग्रेस एक्लैले चुनावमा जाने गरी महासमिति बैठकले निर्णय गर्न सक्नुपर्ने पनि बताएका छन्।

CP Hospital Dhangadhi

अब हुने हरेक तहका निर्वाचनमा कांग्रेसले चुनावी गठबन्धन वा तालमेल गर्न नहुने उनले बताए। ‘हरेक तहका निर्वाचनमा अबउप्रान्त नेपाली कांग्रेसले कुनै राजनीतिक दलसँग चुनावी गठवन्धन वा तालमेल गर्नु हुँदैन’, उनले भने, ‘अहिलेको निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउने सम्भावना देखिँदैन। तसर्थ संविधान संशोधनमार्फत निर्वाचन प्रणाली परिवर्तन गर्न सबै दलहरूसँग संवादका लागि नेपाली कांग्रेसले पहल गर्नु आवश्यक छ।’

बैठकमा आफ्ना भनाइ राख्ने क्रममा नेता कोइरालाले मन्त्रिपरिषद्ले गरेका नीतिगत निर्णयलाई पनि भ्रष्टाचारसम्बन्धी अनुसन्धानको दायरामा ल्याउनुपर्ने मत राखेका छन्। ‘मन्त्रिपरिषद्ले गर्ने सबै निणर्य नीतिगत नभई विषयगत र प्राविधिक पनि हुन सक्छन्। अनुसन्धान गर्ने निकाय, अदालत र कानुनबीच तालमेल नहुने र मन्त्रिपरिषद्का सबै निणर्यलाई नीतिगत मानेर भ्रष्टाचार छल्ने आधार बनाइन्छ भने लोकतान्त्रिक संविधान र लोकतन्त्र जनआक्रोशले संकटमा पुर्‍याउन सक्छ। यसमा कांग्रेसले बेलैमा विचार गर्नुपर्ने हुन्छ’, उनले आफ्नो लिखित मन्तव्यका क्रममा भनेका छन्।

nawajiwan
Attariya Hospital

उनले अब कांग्रेसले इतिहासको गुणगान गरेर मात्रै बस्न नहुने पनि बताएका छन्। ‘आफ्नो इतिहासको गुणगान मात्र गाउनु र यथास्थितिमै रमाउने बानी परिवर्तन गरौँ’, उनले भनेका छन्, ‘सबै समस्यालाई मार्गचित्र सहित भरोसायुक्त समाधान दिने काम गरौँ। कतै हाम्रो असक्षमताका कारणले त निराशा बढिरहेको छैनरु यसबारे सुक्ष्म बिश्लेषण गर्दै सक्षमताको खोजी गरौँ।’

अन्नपुर्ण पोष्ट बाट