
नेपालको सिनियर राष्ट्रिय क्रिकेट टोलीले टी–२० विश्वकप तयारीका लागि तयारीस्वरूप भारतको दुई स्टेट टोलीसँग मैत्रीपूर्ण प्रतियोगिता खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिका अनुसार नेपालको राष्ट्रिय टोलीसँगै बरोडा र गुजरात क्रिकेट संघको टोलीले त्रिकोणात्मक टी–२० प्रतियोगिता खेल्नेछन्। उक्त प्रतियोगिता मार्च ३१ देखि अप्रिल ७ सम्म चल्नेछ।
टी–२० विश्वकपको लागि तयारी गर्ने लक्ष्यसहित प्रतियोगितामा नेपालले सहभागिता जनाउन लागेको हो। भारतमा हुने प्रतियोगिता ओमानमा अप्रिल १० देखि सुरु हुने एसीसी प्रिमियर कपको तयारीको रुपमा पनि रहनेछ।







































