श्री कलेज मेनेजमेन्ट फुटबल खेलमा सैनिक आवासिय र एसपिए विजयी

Image
Nisarga Hospital

अत्तरिया : श्री कलेज मेनेजमेन्ट धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाविद्यालय र सुदूरपश्चिमा अञ्चल (एसपिए) विजयी भएका छन ।

CP Hospital Dhangadhi

सोमबार भएको पहिलो खेलमा क्रिसेन्ट सिटी विद्यालयलाई १ गोल प्रहार गरी सैनिक आवासिय महाविद्यालय विजयी भएको हो । निर्धारीत समय दुबै पक्षका खेलाडीहरुले गोल नगरी सकेपछि खेल पेनाल्टीमा गएको थियो । जसमा सैनिक आवसिय महाविद्यालयले ५ गोल र क्रिसेन्ट सिटी विद्यालयले ४ गोल प्रहार गरी पराजित हुन पुगेको हो ।

धनगढीको रंगशालामा भएको दोस्रो पहिलो खेलमा पञ्चोदय माद्यामिक विद्यालयलाई एसपिएले १ गोलले बिजयी भएको हो । एसपिएको तर्फबाट सन्दीप सिंह पहिलो हाप मै गोल प्रहार गरी एसपिएलाई बिजयी दिलाएका थिए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

लिटल फ्लावर स्पोर्ट क्लबले आयोजना गरेको श्री कलेज मेनेजमेन्ट धनगढीको कप २०८० को मंगलवार होलील्याण्ड एकेडेमी अत्तरीया र कैलाली माध्याकिक विद्यालय धनगढी बीच पहिलो खेल हुने छ भने दोस्रो खेल लोटस आई स्कुल अत्तरिया र एलायन्स मोडल स्कूल धनगढी बीच हुने क्लबका अध्यक्ष रामचन्द्र शाहीले बताए ।

Dhnagadhi & Krishanapur