आईसीसी क्रिकेट विश्वकप लिग–२ मा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

Image
Nisarga Hospital

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ।यसअघिका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको नेपाल आज विजयी नतिजाका साथ शृंखलाको अन्त्य गर्ने लक्ष्यमा हुनेछ।

CP Hospital Dhangadhi

नेपालले यसअघि पहिलो खेलमा नामिबियासँग चार विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा नेदरल्यान्ड्सलाई नौ विकेटले हराए पनि नेपालले तेस्रो खेलमा पुनः नामिबियासँग दुई विकेटको हार बेहोरेको हो।

यता, नेदरल्यान्ड्सले पनि जारी शृंखलाका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको छ। नेदरल्यान्ड्सले नेपालसँग हार बेहोरे पनि दोस्रो खेलमा नामिबियालाई सात विकेटले हराएको थियो। तेस्रो खेलमा भने डच टिम नामिबियाविरुद्ध २४ रनले पराजित भएको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सन् २०२७ को विश्वकप छनोट प्रतियोगिताको रूपमा रहेको लिग-२ आठ देशहरूले विभिन्न समयमा सिरिज खेल्ने छन्।

गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटकको लिग-२ मा आठ टिम भिड्दैछन्। आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्दा २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुँदैछ।

आठ मध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वत: कायम रहन्छ भने विश्वकप छनोटमा सिधा पुग्नेछन्।पहिलो सिरिजको तीन खेल खेलिसक्दा नेपालले १ जित र दुई हार ब्यहोरेको छ। नेपाल नामिबियासँग भएको दुबै खेलमा पराजित भएको थियो भने नेदरल्याण्ड्सविरूद्ध भने ९ विकेटको सानदार जित निकालेको थियो।

नेपालविरूद्ध २ र नेदरल्याण्ड्सविरूद्ध एक खेलमा जित निकालेको नामिबिया ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। एक जित निकालेको नेपाल र नेदरल्याण्ड्स २/२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ।

Dhnagadhi & Krishanapur