बैतडी जिल्ला क्रिकेट संघमा नयाँ क्लब दर्ता खुल्ला

Image
Nisarga Hospital

बैतडी: बैतडी जिल्ला क्रिकेट संघले नयाँ क्लब दर्ता खुल्ला गरेकाे छ। संघमा यसअघि दर्ता भएका र नयाँ दर्ता हुन चाहने क्लबलाई चैत मसान्तसम्म दर्ता गर्न भनिएको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बाेकटीले जानकारी दिनुभयाे।
दर्ता हुन चाहने क्लबहरूले चैत मसान्तसम्म जिल्ला प्रशासन कार्यालय र आन्तरिक राजश्व कार्यालयमा दर्ता भइ साेकाे प्रतिलिपी बुझाउन आग्रह गरिएको छ ।

CP Hospital Dhangadhi

ताेकिएकाे समयमा दर्ता नहुने क्लबलाई संघले आयाेजना गर्ने कुनै पनि प्रतियोगितामा सहभागी हुन नपाउने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले जानकारी दिनुभयाे।
हाल जिल्लाका १२ क्लब संघमा दर्ता रहेका छन्।

Dhnagadhi & Krishanapur