नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घट्यो! सुनचाँदी किन्न भनि बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

काठमाडौँ: आज सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबारको तुलनामा सुनको मूल्य घटेर कारोबार सुरु भएको हो ।

CP Hospital Dhangadhi

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० रुपैयाँ थियो । यस्तै, हिजो तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य आज भने १ लाख १७ हजार ७५० रुपैयाँ छ ।

Attariya Hospital

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको कारोबार मूल्य तोलामा १३ सय ९५ रुपैयाँ कायम भएको छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ थियो ।

nawajiwan