टी- २० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले आज नामिबियासँग भिड्दै

Image
Nisarga Hospital

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टी- २० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज नामिबियासँग खेल्दैछ। खेल नेपाली समयअनुसार बिहान ११ः३० बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ। आइसीसी क्रिकेट विश्वकप लिग-२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टी-२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

CP Hospital Dhangadhi

त्रिकोणात्मक टी–२० श्रृङ्खलाको पहिलो चरणमा तीनवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्ने छन्।

यसअघि तीन देशबीच भएको एकदिवसीय सिरिजमा नेपालको राम्रो प्रदर्शन देखिएन। नामिबियासँगको दुबै खेलमा पराजित भएको नेपाल टी–२० सिरिजमा आफ्नो हारको बदला लिन चाहन्छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

श्रृङ्खलाका लागि नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरिसकेका छन्।

नेपाली टोलीमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल शाह, रासिद खान, सागर ढकाल, आरिफ शेख र अविनाष बोहरा रहेका छन्।

Dhnagadhi & Krishanapur