लेवनानविरुद्ध नेपालले २-१ गोल गर्दै वाफ च्याम्पियनसिपको फाइनलमा

Image
Nisarga Hospital

दोस्रो हाफको इन्जुरी समयमको अन्तिममा प्रिती राईले गरेको गोलमा लेवनानविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै नेपाल साउदी अरेबियामा भइरहेको वाफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपालले अब उपाधिका लागि साविक विजेता जोर्डनको सामना गर्नेछ ।

CP Hospital Dhangadhi

जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडिययमा भएको दोस्रो सेमिफाइनलमा नेपालले एक गोलले पछि परेको स्थितिबाट पुनरागमन गरेको हो ।

पहिलो हाफमा आत्मघाती गोलका कारण पछि परेको नेपालले दुवै गोल दोस्रो हाफमा गर्‍यो। बराबरी अवस्थामा रहेको बेलमा प्रिति राईले पाँच मिनेटको इन्जुरी टाइमको अन्तिम मिनेटमा गोल गर्दा नेपालले रोमाञ्चक जित निकाल्न सफल भयो।

कर्नर बल क्लियर हुँदै डिबक्स बाहिर आएकोमा प्रितिले उत्कृष्ट गोल गर्दै नेपाललाई फाइनल यात्रा गराइन्। त्यसअघि ७६ मिनेटमा सावित्रा भण्डारी साम्बाले नेपालका लागि बराबरी गोल गरेकी थिइन्। सुरुमा उनले हानेको प्रहारलाई लेवनानकी गोलकिपरले रोकिकी थिइन्। सो बल डिफेन्डरले क्लियर गर्न नसक्दा साम्बाले गोललाइन नजिनबाट जाली चुमाएकी थिइन्।

३८ मिनेटमा पूजा रानामगरले गोलकिपर एन्जिला तुम्बापोलाई ब्याकपास दिएकी थिइन्। तर तुम्बापोले बल भेट्टाउन नसक्दा गोल भएको थियो। अब नेपालले उपाधिका लागि पाँच पटकको च्याम्पियन जोर्डनसँग बिहीबार राति प्रतिस्पर्धा गर्नेछ।