
नेपाली बजारमा आज फेरी भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर २१ पैसा र डिजेलको मूल्य प्रतिलिटर ८५ पैसाले बढेर आएको छ ।

निगमका अनुसार एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१.६६ रुपैयाँले बढेर आएको छ । अहिले निगमलाई प्रतिसिलिन्डर ३२५ रुपैयाँ घाटा छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।यो क्षेत्रमा पेट्रोलको भाउ १६९ रूपैयाँ ५० पैसा प्रतिलिटर छ। त्यस्तै डिजेल र मट्टीतेल १५७ रूपैयाँ ५० पैसा छ।































