कविता – छोरी अलबिदा भयौ

Image
Nisarga Hospital

कलकलाउँदो उमेर हत्या भयो
बलात्कारको सिकार बन्नु पर्यो
छोरी राम्रो सँग पढ भन्ने बेला
हार्दिक श्रद्धाञ्जली भन्नू पर्यो
किताब समाएर पढी राख्ने तिमी
सधैं कलम हुन्थ्यो तिम्रो हातमा
हाँस्थ्यौ खेल्थ्यौ रमाउँथ्यौ
साथिभाइहरुको साथमा
सबै छोडेर गयौ

CP Hospital Dhangadhi

घरपरिवार आमाबुवा रुवाएर गयौ
यो कलिलो उमेरमा
छोरी अलबिदा भयौ!

ए मूर्ख मनुष्य खै कसरी भन्छौ
त्यो बालक आफैं झुन्डिएको हो भनेर
कलम थियो हात मा डोरि थिएन
शालीन पोख्रेल छोरी रहेन
होस्टेलभित्र पनि सुरक्षित भएन
झुन्डिएकि फेला पर्यौ

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

म कसरी भनु आफै त्यस्तो
निर्णय लियौ भनेर
शरीरभरी डामै डाम छ
चिमोठेको छ ,पिटेको छ!

पापिको आँखा लाग्यो
छोरीलाइ बलात्कार गरेर
हत्या गरिदियो
छोरिको खुन खाइदियो
छोरिलाइ झुन्ड्याइदियो
सरकार छ कानुन छ

देश छ न्याए छ छोरिलाइ न्याए दे
निष्पक्ष छानबिन गरिदे
अपराधी बलात्कारि पत्ता लगाइ दे
कार्वाही गरि दे सकरकार नत्र म
तिमी मर्‍यौ ठान्नेछु ,
तिम्रो मलामी बन्नेछ,
हार्दिक श्रद्धाञ्जली
सरकार भन्नेछु!!

पारस भट्ट “प्यासी”
सुदुरपश्चिम बैतडी

Dhnagadhi & Krishanapur