सुनको मूल्य तोलामा एकैदिन २ हजार बढ्यो ! सुनचाँदी किन्न भनि बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

आज एकैदिन सुनको मूल्यमा प्रतितोला २ हजार रुपैयाँले बढेर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा २ हजार रुपैयाँले बढेर सुनको कारोबार सुरु भएको हो ।

CP Hospital Dhangadhi

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार ४०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम थियो ।

Attariya Hospital

यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ थियो । जुन, आज तोलामा १४ सय १० रुपैयाँ छ ।

nawajiwan