नयाँ गठबन्धन दलहरु बीच नयाँ गठबन्धन, हाल प्रचण्ड नै प्रधानमन्त्री रहने सहमति

Image
Nisarga Hospital

काठमाण्डौँ : नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) सहितका दलहरूबीच नयाँ गठबन्धन बनाउने सहमति भएको छ । आईतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दलहरूको बैठकमा नयाँ गठबन्धन सरकार बनाउने सहमति भएको उच्च स्रोतले जानकारी दिएको छ।

CP Hospital Dhangadhi

स्रोतका अनुसार नयाँ गठबन्धन सम्भवतः आजै घोषणा हुने सम्भावना छ । राजनीतिमा कुनै नाटकीय परिवर्तन नभए आजै पूरानो सत्ता गठबनधन भत्किएर नयाँ एमाले(माओवादी र रास्वपासहितको नयाँ गठबनधन बन्ने स्रोतले ठोकुवा गर्‍यो ।
दलहरूबीच हाल प्रधानमन्त्री प्रचण्ड नै रहने सहमतिसमेत भएको छ । बैठकमा माओवादीको तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्ष विष्णु पौडेल र महासिचव शंकर पोखरेल, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

Attariya Hospital

यसअघि आजै बिहान टीआरसी विधेयक टुंग्याउने सम्भावना छ । लगत्तै प्रधानमन्त्री प्रचण्डले अहिलेको गठबन्धनधारी दलहरूलाई बोलाएर नयाँ परिस्थिबारे जानकारी गराउने उच्च स्रोतले जानकारी दियो । आइतबार एमाले अध्यक्ष ओलीले प्रचण्डसँग दुई पटक भेटवार्ता गरेका थिए । बालुवाटारमा बिहान एक्लै भेटवार्ता गरेका ओलीले साँझ महासचिव पोखरेलसहित प्रचण्डसँग छलफल गरेका थिए ।

nawajiwan

ओली प्रचण्ड छलफललगत्तै एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी उपमहासचिव पुन र रास्वपा सभापति लामिछानेबीच छलफल भएको थियो । आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले पनि पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीसँग छलफल गरेका थिए । देउवाले मन्त्रीबाट फिर्ता आउनु पर्ने र पार्टीले नै सरकार छाड्ने सम्मको परिस्थिति आउनेतर्फ मन्त्रीलाई ब्रिफिङ गरेको कांग्रेसका एक मन्त्रीले बताए । बिभिन्न अनलाईनहरुको समायोजन बाट साभार