सुख्खा बन्दरगाह र छेला औद्योगिक क्षेत्रको काम अगाडि बढ्छ : मन्त्री भण्डारी

Image
Nisarga Hospital

अत्तरिया : उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिमको औधोगिक विकासका लागी दोधरा चाँदनी सुख्खा बन्दरगाह र दैजी छेला औद्योगिक क्षेत्र जस्ता योजनाले प्राथमिकता पाउनुपर्ने बताएका छन् । मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले पछिल्लो एक बर्षमा सुदूरपश्चिमको उद्योग विकासमा कुनै लगानी नभएको बताएका हुन् ।

CP Hospital Dhangadhi

मन्त्री भण्डारीले १ बर्ष अघी ४० दिने मन्त्री भएका बेला आफुले थालेका काममा समेत कुनै प्रगती नदेखेको बताए । दैजी छेला औद्योगिक क्षेत्रको कार्यालय उद्घाटन गरेकोमा त्यसपछि कुनै प्रगती नभएको उनले बताए । यस्तै दोधरा चाँदनी सुख्खा बन्दरगाहको काममा पनि कुनै प्रगती नभएको उनले बताएका हुन् । यि मात्रै नभएर सुदूरपश्चिममा बिभिन्न खानीको समेत सम्भावना रहेको बताउँदै भण्डारीले पछिल्लो १ बर्ष यहाँको औधोगिक बिकासमा लगानी नभएको दावी गरे । भण्डारीले अब दैजी छेला औधोगिक क्षेत्र संगै दोधरा चाँदनी सुख्खा बन्दरगाहको काम समेत अघी बढ्ने प्रतिबद्धता गरे ।

सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई समेत केन्द्रित गरेर मन्त्रालय सोही प्रकारका कार्यक्रम बनाइरहेको भण्डारीले बताए । भण्डारीले कानुनी अड्चनका कारण केही काम रोकिएको बताउँदै उद्योग तथा अन्य मन्त्रालयबाट समेत कानुनी गाँठो फुकाएर काम अघी बढाइने प्रतिबद्धता गरे । अहिलेपनि नयाँ उद्योग स्थापना, खानी उत्खनन्, क्रसर उधोग लगायतका कानुनी समस्याका कारण अख्तियार देखी अदालतसम्म मुद्धा परिरहेको परिवेशलाई ध्यानमा राखेर उद्योगमैत्री कानुन निर्माणमा समेत ध्यान दिइने भण्डारीले बताए ।

नयाँ प्रकाशित