नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घट्यो ! सुनचाँदी किन्न भनि बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

मंगलबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बुधबार तोलाको १ हजार घटेको छ । हिजो प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख २५ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

CP Hospital Dhangadhi

नेपाली बजारमा १६ महिनामा सुनको मूल्य प्रतितोला करिब ३२ हजार बढेको छ । १७ कात्तिक २०७९ मा प्रतितोला ९३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । विगत २६ दिनमा सुनको मूल्य ८ हजार ५ सय रुपैयाँ बढेको देखिन्छ । फागुन ३ गते सुनको भाउ तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँ थियो ।

Attariya Hospital

महासंघका अनुसार बुधबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँ रहेको चाँदी बुधबार १ हजार ४ सय ६५ मा झरेको छ ।

nawajiwan