बैतडीका बेपत्ता पुरूषकाे मृत्युु

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

बैतडी: १८ दिनदेखि बेपत्ता रहेका बैतडीमा एक पुरुष मृत फेला परेका छन् ।

CP Hospital Dhangadhi

जिल्लाको पुर्चौंडी नगरपालिका–३ गैरागाउँका ४६ बर्षीय नरबहादुर बोहरा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताउनुभयाे ।
गएको फागुन १९ गतेदेखि हराइरहेका बोहरा नौलीगाड भन्ने स्थानमा मृत फेला परेका थिए । स्थानीयहरुले बोहरालाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर भएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।

घटनाका बिषयमा अनुसन्धानका लागि प्रहरी निरीक्षक जोशी नेतृत्वको टोली घटनास्थल पुगेको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur