
पहिलो टी-२० खेलमा आयरल्यान्डको ‘ए’ क्रिकेट टिम आयरल्यान्ड्स वुल्भ्समाथि नेपाली राष्ट्रिय क्रिकेट टिमले सहज जित हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको हो।

जितको लागि १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेल ३२ बलमा ४ चौकासहित सर्वाधिक ३७ रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी १२ बलमा २ चौका र १ छक्कासहित २० रनमा नट आउट रहे ।
पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ का लागि भने ओपनर ब्याट्सम्यान स्टेफन डोहेनीले सर्वाधिक ४६ रन बनाएका थिए । अन्य ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । थोमस मायस र लियाम म्याकार्थीले १६–१६ रन जोडे । फियोन ह्यान्डले ११ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् ।




नेपाली टोलीका बलर कुशल भुर्तेल, गुलसन झा र ललित राजवंशीले दुई–दुई विकेट लिएका थिए । कुशल मल्ल र करण केसीले पनि एक–एक विकेट हात पारे । आयरल्यान्ड ‘ए’ ले अतिरिक्त रुपमा केवल पाँच रन पाएको थियो ।


































