अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या आरोपी १२ जना पक्राउ

Image
Nisarga Hospital

बाजुरा : अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका तत्कालिन अध्यक्ष ३२ वर्षीया चेतनदीप अयडीको हत्याको आरोप लागेका १२ जना पक्राउ परेका छन । उनीहरुलाई सोमबार पक्राउ गरिएको हो ।

CP Hospital Dhangadhi

हत्या आरोप लागेका तर फरार रहेका नर अयडी, नरेश अयडी, मंगल अयडी, मोहनबहादुर अयडी, नविन अयडी, लोकेश अयडी, जीवन अयडी, उद्धव अयडी, अनिता रौले अयडी, धनादेवी अयडी, पदमबहादुर अयडी र ईश्वरा देवी अयडीलाई सदरमुकाम मार्तडीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए ।

२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा त्रिवेणी नपारपालिका ७ को नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रको विवादलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताहरूले चेतनदीप अयडीको घरमै गएर कुटपिट गरी हत्या गरेका थिए । घटनाका आरोपी नरबहादुर अयडीलाई अनेरास्ववियु र युवा संघका युवाहरूले गिरफ्तार गरी प्रहरीलाई बुझाएको युवा संघ बाजुराका अध्यक्ष मिलन अयडीले बताए । अन्य ११ जनालाई प्रहरीले गोप्य सुचनाका आधारमा गिरफ्तार गरिएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

मंसिर ४ गते त्रीवेणी नगरपालिका–७ मा ३२ वर्षीय ऐडीको कुटपिट गरी हत्या गरिएको थियो । हत्या आरोपमा चेतनका बुबा गगने अयडीले २४ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । उनीहरुमध्ये मंसिर १९ गते सवोच्च अदालतले शेरबहादुर अयडी, खेमराज अयडी, सागर अयडी र धनराज थापालाई पूर्वक्षका लागि पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । यस्तै रुपा चौधरी, विनोद अयडी, चक्र अयडी, जुद्ध अयडी, भुपाल अयडी, र रनसिहं अयडीलाई साधारण तारिकमा रिहागर्न आदेश दिएको थियो ।

२०८० चैत्र ८ गते जिल्ला अदालत बाजुराको आदेशमा रतन अयडीलाई साधारण तारिकमा छा्ड्न आदेश दियो भने निरज अयडीलाई तीनलाख धरौटी सहित तारिकमा छोड्न आदेश दिएको जिल्लाप्रहरी कार्यालयका सुचना अधिकारी दानसिंह भण्डारीले बताए । सोमबार पक्राउ परेकाहरुको बयान सुरु भएको प्रहरीले जनाएको छ ।

Dhnagadhi & Krishanapur