बैतडीको सिगासमा भीरबाट लडेर एक पुरुष घाइते

Image
Nisarga Hospital

बैतडी:  बैतडीको सिगासमा भीरबाट लडेर एक जना पुरुष घाइते भएका छन्। बैतडीको सिगास गाउँपालिका वडा नं ४ बुढाकोटका ५१ बर्षीय धनबीरसिंह साउँद भीरबाट लडेर घाइते भएका हुन् ।

CP Hospital Dhangadhi

सिगास गाउँपालिका २ गाँजरीबाट आफन्तको सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्कने क्रममा मंगलबार दिउँसो ४ बजेतिर इराना भन्ने ठाउँमा साउँद लडेका हुन् ।

बाटोबाट एक सयमिटर तल खस्दा साउँदको कम्मर, घाँटी र छातीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । घाइते साउँदलाई बुधबार बिहान चार बजेतिर उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको र उनको डडेल्धुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur