सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढ्दै ! एकै दिन ७ जनामा कोरोना संक्रमण पुष्टि

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशमा बुधवार (आज) एकै दिन थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

CP Hospital Dhangadhi

स्वास्थ्य निर्देशनालय, सुदूरपश्चिम प्रदेशका अनुसार बुधवार आज १२७ जनाको स्वास्थ्य परिक्षण गरेकोमा भारतबाट स्वदेश फर्किएका सात जनामा कोेरोना संक्रमण देखापरेको हो ।

आइतवार र सोमवार १/१ जना, मंगलवार २ जनामा कोरोना पुष्टि भएको थियो। पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमणदर बढ्न थालेको छ। यस्तै गत शुक्रवार पनि ७ जनामा कोरोना देखिएको थियो।