कैलालीको अत्तरिया बसपर्क निर्माणको काम अलपत्र, नगरपालिका र सेनाबीच समन्वयको अभाव

Image
Nisarga Hospital

सकुन्तला साउद/ अत्तरियाः कैलालीको अत्तरिया बसपर्क निर्माणको काम अलपत्र परेको छ । नेपाली सेना र गोदावरी नगरपालिकाबीच आवश्यक समन्वय नहुँदा अत्तरिया बसपार्क निर्माणको काम अलपत्र परेको हो । यता गोदावरी नगरपालिका नगरप्रमुख विरेन्द्र भट्टले बसपार्क निर्माण हुने स्थानको भोगाधिकार तत्कालिन राजा ज्ञानेन्द्रको शासनकालमा नेपाली सेनाले भएपनि त्यो भन्दा अगाडी नै स्थानीय आएर यहाँ बसेको बताउनुभयो । सुदूरपश्चिमका ९ जिल्ला जोड्ने बसपार्क भएकाले निर्माणका लागि डि.पि.आरसमेत तयार पारिसकेको उक्त निर्माणको बाधक नबनिदिन नेपाली सेनासंग नगर प्रमुख भट्टले आग्रह गर्नु भएको छ । आफु निर्वाचित भइसकेपछि सर्वदलिय टोलि, पार्टि सभापति र नेपाली सेनासंग समन्वय तथा कागजी प्रक्रिया समेत गरेको उहाँको भनाइ छ । तर नेपाली सेनाले बसपार्क निर्माणको लागि नगरपालिकाले समन्वय तथा छलफल नगरेको भन्ने विषय झुटो भएको उहाँको दाबी छ ।

CP Hospital Dhangadhi

नेपाली सेनाले माग गरेकोे कल्याणकारी कोषबाट सन्चालन गर्नको लागि नगरपालिकासंग एउटा जमिनमा पेट्रोल पम्पसमेत माग गरेको र उक्त पेट्रोल पम्प निर्माणको लागि पुर्व पश्चिम राजमार्गमा पर्ने रेडक्रस भवन नजिक करिब १ विघा जमिन समेत दिने सहमति भएको तर सेनाले आवश्यक कागजात नदिएका कारण बसपार्क निर्माणको काम समेत रोकीएको नगरप्रमुख भट्ट आरोप छ । आफुले अत्तरियाको बारेमा रक्षा मन्त्री र रक्षासचिवसंग छलफल गरेको उहाँको दाबी छ । पुनः सर्वदलिय टिम लगेर नेपाली सेनासंग समन्यव गर्ने उहाँले प्रतिवद्धता जनाउनु भयो । सेनाले अत्तरियाका जनतालाई बन्धुक देखाएर तर्साउने र अत्तरियाको समग्र विकास निर्माणको कामलाई रोक्न नमिल्ने तथा सेनाले यहाँ बस्नको लागि यो ठाउँका जनतासंग सहकार्य गर्नुपर्ने उहाँको भनाई छ ।

सुन्दर सुदूरपश्चिम यातायात प्राःलि का इन्चार्ज शिवराज भट्टराईले अत्तरिया बसपार्क निर्माण गर्ने बेला नेपाली सेनाले केहि कुरा समेत नगरेको तर निर्माण गरिसकेपछि मात्रै बसपार्क निर्माण तथा व्यवस्थापन गर्न नदिएको बताउनु भयो । गोदावरी नगरपालिकाले बसपार्क निर्माण गर्न खोज्दा सेनाले नदिएकाले यसको प्रत्येक्ष असर आम नागरिकलाई परेको उहाँको गुनासो छ । सुदूरपश्चिम प्रदेशको मुख्य केन्द्र विन्दुमा रहेको बसपार्कको अवस्था यस्तो हुन भनेको दुखद भएको बताउदै सेनालाई जमिन आवश्यक भएपनि नजीकका अन्य ठाउँमा नगरपालिकाले उपलब्ध गराएर तत्काल बसपार्क निर्माण गर्नुपर्ने उहाँको माग छ ।

दुर्गालक्ष्मी सामुदायीक बनको आम भेलाले निर्णय गरे अनुसार अत्तरिया बजारको मुख्य क्षेत्र पूर्व रोड वनखेतदेखि पहाड रोड अत्तरिया बसपार्क, लामिताल सहित उत्तरी क्षेत्रभित्र पर्ने नेपाली सेनाको करिब साढे १७ हेक्टर जमिन बराबर २५ हेक्टर जमिन दिने नगरपालिकाले निर्णय गरेको छ । तर बसपार्कको बारेमा नेपाली सेनासंग बुझ्दा नगरपालिकाले सेनासंग कुनै किसिमको लिखित सम्झौता नगरेको बताइएको छ । नेपाली सेना जनताको हितमा रहेकाले बसपार्क निर्माणमा बाधक नबन्ने र सहकार्य गरेमा सहयोग गर्न तयार रहेको धारणा नेपाली सेनाको छ । बसपार्क निर्माणको काम सम्पन्न गर्नका लागि गोदावारी नगरपालिका र नेपाली सेनाबीच आवश्यक समन्वय हुन जरुरी छ ।