रमेश बिजुलीको निर्देशन तथा मेडलिङमा ‘खेल देउडा’ देउडा गित सार्बजनिक (भिडियो सहित)

Image
Nisarga Hospital

अत्तरिया : सुदुरपश्चिमका चर्चित गायक दिपेन्द्र प्रसाद दहाल र लक्ष्मी नेपालीको स्वरमा रहेको ‘खेल देउडा’ देउडा गित सार्वजनिक भएको छ । सुदूरपश्चिमको लोकदेउडा भाकालाई ठट्यौली अभिनय गर्दै झरना बोहरा र रमेश बिजुली बिसीको प्रमुख भूमिका रहेको देउडा गित Jayakali Creation युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

CP Hospital Dhangadhi

सुदूरपश्चिमको मौलिक संस्कृतीलाई उजागर गर्दै कैलालीका बिभिन्न ठाउँमा छायाङ्कन गरिएको गित सुदूरको पन झल्कने गरि गितलाई टेक ऐरको उत्कृष्ट शब्द रहेको भने उक्त गितको सङ्गीत बिनोद बाजुरेलीले गरेका छन ।

रमेश बिजुली बिसिको कोरियोग्राफर, मोडेल र निर्देशनमा रहेको उक्त गितमा स्वयम बिजुली र झरना बोहराले अभिनय गरेका छन ।