शुक्लाफाटा बहुप्राबिधिक शिक्षालयमा कर्मचारी संघठन ईकाई कमिटि गठन

Image
Nisarga Hospital

अत्तरियाः कञ्चनपुरको शुक्लाफाटा बहुप्राबिधिक शिक्षालयमा कर्मचारी संघठन ईकाई कमिटि गठन भएको छ ।  सिटिईभिटी कर्मचारी संगठनका निवर्तमान उपाध्यक्ष युवराज खत्रीको प्रमुख आतिथ्यमा शुक्लाफाटा बहुप्राबिधिक शिक्षालयमा ईकाई कमीटि गठन भएको छ ।

CP Hospital Dhangadhi

उक्त कमिटिमा अध्यक्षमा बिक्रम सिंह धामी सर्बसम्मत चयन भएका छन भने उपाध्यक्षमा लोकराज पन्त, सचिवमा कृष्ण बहादुर बम तेसै गरी कोषाध्यक्षमा रजनी धानुक सर्बसमितिबाट चयन भएका छन ।

तेसै गरी कर्मचारी संघठन केन्द्रिय कमिटिका लागि प्रकाश दत्त भट्टलाई केन्द्रिय सदस्यका लागि सिफारिस समेत गरेको छ ।

संगठन बिस्तार कार्यक्रममा बोल्दै निवर्तमान उपाध्यक्ष खत्रीले यस शिक्षालयको बृद्धि विकास, गुणस्तरिय शिक्षा सँगै बिद्यार्थीहरुको भविश्यलाई केन्द्रित गरी सैदान्तिक र प्रयोगात्मक शिक्षालाई थप बल पुग्ने गरी सबै संघ संगठनहरु सँग हातेमालो गर्दै शिक्षालयको सर्वागिण विकासका लागि खटिनु हुन नव निर्वाचित कमिटिलाई निर्देशन दिएका छन ।