
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा नं १२ को चौकी गाउँमा सेलापाटे मूल खानेपानी उपभोक्ता तथा सरसफाई समिति द्वारा खानेपानी टंकी तथा धारा निर्माण पश्चात गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको प्रमुख आतित्थमा उदघाटन भएको छ ।

संघिय सरकारको ९ लाख र गोदावरी नगरपालिकाको ४ लाखबाट निर्मित खानेपानी आयोजनाबाट २५ ओटा धारा संचालनमा आएका छन । यस क्षेत्रमा मछेलीखोलाको पानी खादै गरेका जनतालाई मुलको स्वच्छ पानी बितरणका लागि लामो समय देखि यस क्षेत्रका जनप्रतिनिधि र स्थानिय दिपक खत्री लागि परेका थिए ।
गोदावरी १२ को सेलापाटेमा खानेपानी टंकी तथा धारा उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बिरेन्द्र भट्टले चुनावको समयमा सुन्दै आएका बाचाहरु केही हद सम्म बाटो घाटो सँगै सुद्ध खानेपानी जनताको पहुचमा पुर्याउदै जाने बताए ।

आयोजनाको उद्घाटन गर्दै नगर प्रमुख भट्टले भने, खानेपानी योजना हेर्दा सानो देखिए पनि यो निकै रणनीतिक महत्व बोकेको आयोजना हो । यो आयोजना बन्नुपूर्व यहाँका महिलाको प्रत्येक बिहान पानी बोक्न र शुद्ध पानी नपाउदा फोहोर पानी सेवनको बाध्यताको अन्त्य भएको छ। हामीले शुद्द पानी मात्र पाएका छैनौं, पानी बोक्नकै लागि श्रम गर्नुपर्ने, बिहानभरिको समय खर्च गर्नुपर्ने बाध्यताको पनि अन्त्य गरेका छौं ।’
खानेपानी आयोजना उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष भिम खड्काले यस क्षेत्रका जनता बिगतमा अशुद्ध पानी पिउदै आएका भएर बिभिन्न खाले रोग संक्रमण हुने समस्याबाट टाढा रहुन र घर दैलोमै खानेपानीको धारा भए पछि टाढाबाट बोकेर खानेपानी ल्याउनुपर्ने बाध्यता अन्त्य भएको भन्दै खुसी व्यक्त गरेका थिए ।



























