
अत्तरियाः कैलालीको अत्तरियामा रहेको गोदावरी ईसाई समितिलाइ गोदावरी नगरपालिका द्वारा १० लाख बराबरको कुर्सी हस्तान्तरणगरेको छ ।

पालिका भित्र रहेका ३७ वटा चर्चहरुलाई भक्ती र प्रमेश्वरको प्राथनाका लागि आवश्येक माग अनुरुप गोदावरी नगरपालिकाले पहिलो पटक ईसाई समितिलाई सहयोग गरेको हो ।
गोदावरी नगरपालिकाको १० लाख रकमबाट १७२७ थान कुर्सी किनी ३७ ओटा चर्चलाई एक कार्यक्रमका बिच वितरण गरेको हो । पालिका भित्र बिभिन्न जातजाति धर्म संस्कृत भएका जनताहरुको बसोबास रहेको र सबैका आ-आफ्ना आवश्यता रहेका छन पालिकाको सिमित स्रोत साधनबाट सबैलाई पुर्याउदै आएको जानकारी गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताए ।
कुर्सी बितरण कार्यक्रमको समापनमा ईसाई धर्मावलम्बीको समूहद्वारा नगर प्रमुख भट्टको को सम्पुर्ण कामकाज जनता मुखि हुदै गरुन, सबै जनताको सेवामा खटि रहनु, सोचेको र आटेको काममा कुनै समस्या न आवस र सधै प्रगतिको कामना गर्दै परमेश्वर संग प्राथना गरेका थिए ।
कुर्सी बितरण कार्यक्रममा गोदावरी नगरपालिकाको कार्यपालिका सदस्य धन बहादुर विक, स्थानिय सँगै ईसाई धर्माबलम्बी एव पास्टरहरुको उपस्थिति रहेको थियो ।


























