
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. ३ मा घर-घरमा गई पालिकाको स्वास्थ्य शाखाले औंलो, मलेरिया तथा डेंगु संक्रमणबाट बच्नका लागि बिषादी छर्कने काम सम्पन्न गरेको छ ।

यस पालिका भित्र विगतमा औलो तथा डेंगु रोग बढि देखिएको टोलहरूमा, गर्मीयाममा फैलिन सक्ने औंलो तथा डेंगु लगायत किटजन्य रोगको रोकथामको लागी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, काठमाण्डौ हुदै स्वास्थ्य कार्यालय कैलालीबाट प्राप्त भएको विषादी स्वास्थ्य कार्यालय कञ्चनपुरको समन्वय तथा वडा न. ३ को कार्यालयको सहयोगमा उक्त वडाको विभिन्न टोलमा २०८० चैत्र १३ गते देखी शुरुवात गरी आज २०८० चैत्र १७ गते (2024 March 30) मा संपन्न गरेको जानकारी गोदावरी नगरपालिका स्वास्थ शाखा प्रमुख नवराज अबस्थीले बताए ।
उक्त विषादी छर्किने कार्यक्रममा जम्मा ८३० घरधुरी लाभान्वीत भएका छन भने औंलो, डेंगो लगायतको किटजन्य रोग बाट बच्नको लागी, प्रभावित क्षेत्र वडामा ३,७, १०,११ का गर्भवती महिलाको लागी प्राप्त भएको ८०० किटनाशक झूल समेत सम्बन्धित स्वास्थ्य संस्था बाट वितरण गरिने भएको छ ।
किटजन्य रोगबाट बच्न झुलको प्रयोग, फुल बाउलाको लुगा लगाउन, खाल्डा खुल्टीमा पानी जम्मा हुन नदिन, वरिपरि सरसफाई राख्न प्रयोगमा न आउने भाँडा, टायर, बोतलमा पानी जम्ननदिन कुलर को पानी २-२ दिन मा Change गर्न लगायतका क्रियाकलाप गर्न जनस्वास्थ्यको मापदण्ड अपनाई किट जन्य रोग बाट बच्न बचाउन आम जनसमुदायमा गोदावरी नगरपालिाको अपील समेत रहेको छ ।



























