बिपद् टास्कफोर्सको क्षमता अभिबृद्घि र परिचालनमा सहयोग गरिने

Image
Nisarga Hospital

क‌ैलारी गाउँपालिकाको समन्वय र Kerk in actie र Cordaid को सहयोगमा बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेल्धुरा द्घारा संचालित बाढी पहिरोको उच्च जोखिमको पूर्ब तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत कैलारी गाउँपालिकामा गठित बिपद टास्कफोर्सलाई स्थानीय सरकारले सहयोग गर्ने भएको छ ।

CP Hospital Dhangadhi

अाईतबार कैलारी गाउँपालिका वडा नं ३ को वडा कार्यालयले वडा स्तरीय विपद ब्यवस्थापन समितिको बैठकमा बिपद प्रभावित क्षेत्रमा गठन भएका बिपद टास्कफोर्सको क्षमता अभिबृद्घी,अात्मरक्षा सम्बन्धि तालिम,अावश्यक सामग्री सहयोग सहित जनचेतनाका लागि परिचालन गर्ने निर्णय गरेको छ ।

बैठकमा वडा ३का अध्यक्ष सन्तराम चौधरी ले MPDS ले स्थानीय स्तरमा बिपद जोखिम न्यूनीकरण सम्बन्धि समुदायमा सचेतना अभिवृद्धि गर्नका लागि टास्कफोर्सको गठन, जैबिक तटबन्ध र बृक्षारोपण कार्यमा सहकार्य गरेकोमा धन्यवाद ज्ञापन गरे । उनले बाढी,डुबान लगायतका बिपदबाट समुदायलाई जोगाउन सचेतीकरण प्रभावकारी हुने भएकाले त्यसका लागि पालिकाको तर्फबाट अाफूहरु सहकार्य गर्न तत्पर रहेको बताए । बैठकमा स्थानीय सुर्मिनाला बिपद ब्यवस्थापन समितिका अध्यक्ष जगराम चौधरी ले टास्कफोर्सले बिपद जोखिम न्यूनीकरण कार्यमा समुदाय स्तरमा परिचालन हुने बताए । बैठकमा वडा नं ३ का वडा सदस्य किसनलाल चौधरी,सकुन्तला चौधरी,पार्वती बिक,सेतुराम चौधरी वडा सचिब दयाराम चौधरी र सामाजिक परिचालक सर्मिला चौधरी लगायतको सहभागीता रहेको थियोे ।

बैठकमा बिपद बजेट,कार्यक्रम,टास्कफोर्सको परिचालन एंव जोखिम न्यूनीकरणका उपायका बारेमा बहुउद्देश्यीय बिकास समाजका डिअारअार टेक्निकल एक्सपर्ट राजेन्द्र रैका ले सहजीकरण गरेका थिए ।
बैठक वडा नं ३ का अध्यक्ष एंव वडा स्तरीय बिपद समितिका संयोजक श्री सन्तराम चौधरी ज्यू को अध्यक्षतामा सम्पन्न भएको थियो ।