माओवादी पूर्वकमान्डर कालीबहादुर खाम पक्राउ

Image
Nisarga Hospital

नेकपा (माओवादी) का तत्कालीन कमान्डर कालीबहादुर खाम पक्राउ परेका छन्। खामलाई मंगलबार काठमाडौंको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

CP Hospital Dhangadhi

रामेछापका रामहरि श्रेष्ठको हत्याकाण्डमा मुछिएका उनी १५ वर्षदेखि फरार थिए। रामेछाप घर भई काठमाडौँको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न भएको अभियोग उनीविरुद्ध छ। २०६५ वैशाख १५ गते नियन्त्रणमा लिएर श्रेष्ठलाई चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा पुर्‍याइएको थियो।

Attariya Hospital

अत्यधिक कुटपिटबाट मृत्यु भएका श्रेष्ठको शव वैशाख २८ गते नारायणी नदीमा फ्याँकिएको अवस्थामा फेला परेको थियो। माओवादी शान्ति प्रक्रियामा आएपछि चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनले कोटेश्वरस्थित रामहरि श्रेष्ठको घरमा सम्पर्क कार्यालय खोलेको थियो। सोही कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरी भएको थियो। घटना छानबिनका लागि भन्दै माओवादीका गोविन्दबहादुर बटाला, केशव अधिकारी, गंगाराम थापा, अर्जुन कार्कीलगायतको टोलीले श्रेष्ठलाई चितवन लगेर हत्या गरेको अभियोग छ। थापा खामकै अंगरक्षक थिए।

nawajiwan

गोविन्द बटाला जिल्ला र उच्च अदालतबाट दोषी ठहर भए पनि सर्वोच्चको संयुक्त इजलासबाट उनले सफाइ पाएका छन्। उक्त फैसलाविरूद्ध सर्वोच्चले नै पुनरवलोकन हुने गरी निस्सा जारी गरेको छ। खाम भने बल्ल पक्राउ परेकाले प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउनेछ।