सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदको लागि २० जनाको आवेदन स्वीकृत

Image
Nisarga Hospital

सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदको लागि २० जनाको आवेदन स्वीकृत भएको छ । उपकुलपति नियुत्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिका अनुसार सुदूरपश्चिम विश्वविद्यालयको लागि १० जना र मध्यपश्चिम विश्वविद्यालयको लागि १० जनाको आवेदन स्वीकृत भएको हो ।

CP Hospital Dhangadhi

सुदूरपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदको लागि प्रा.डा. अक्कल देव मिश्र, प्रा.डा.तारादत्त भट्ट, प्रा.डा.धु्रव कुमार गौतम, प्रा.डा.पदमराज जोशी, प्रा.डा.पूर्णबहादुर चन्द, प्रा.डा.भवानीदत्त जोशी, प्रा.यज्ञराज भट्ट, प्रा.राजेशकुमार ठगुराठी, प्रा.डा.हेमराज पन्तको आवेदन परेको छ ।

Attariya Hospital

त्यस्तैगरी मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदको लागि प्रा.डा.कबिप्रसाद पोख्रेल, प्रा.डा.केशरसिंह राना, प्रा.डा.देवबहादुर खड्का, प्रा.डा.धु्रवकुमार गौत, प्रा.डा.नन्दबहादुर सिंह, प्रा.डा.बिनयकुमार मिश्र, प्रा.डा.भोलानाथ शर्मा घिमिरे, प्रा.डा.मुकुन्द प्रकाश क्षेत्री, प्रा.डा.यमबहादुर कार्की र प्रा.डा.शोभाखर कँडेलले आवेदन दिएका छन् ।समितिले दुवै विश्वविद्यालयका आवेदकहरुलाई २७ चैतमा विश्वविद्यालय सम्बन्धी सोचपत्र र विश्वविद्यालयको चार वर्षे व्यावसायिक कार्ययोजना कार्यालय समयभित्र अनुदान आयोगमा पेश गर्न अनुरोध गरेको छ ।

nawajiwan

यसअघि यी दुवै विश्वविद्यालयको रिक्त उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले बनाएको मापदण्ड कडा भएको भन्दै विरोध भएपछि समितिले ६ फागुनमा दरखास्तसम्बन्धी प्रक्रिया स्थगन गरेको थियो ।१२ चैतमा बसेको समितिले उक्त विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रियालाई निरन्तरता दिने र १६ चैतको कार्यालय समय भित्र दरखास्त दिन पाउने गरी समय अवधि कायम गर्ने निर्णय गरेको थियो। साथै यस अघि मिति २५ माघमा प्रकाशित सूचनाको आधारमा समितिमा दर्ता भएका दरखास्तहरूलाई कायम गरी छनोट प्रकृया अगाडी बढाएको हो ।मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल १७ फागुनबाट र सुदूरपश्चिम विश्वविद्यालयको १८ फागुनबाट सकिएर निमित्त उपकुलपति तोकिएका छन् ।