नेपाली बजारमा सुनको मूल्यले राख्यो नयाँ रेकर्ड ! तोलामै १८ सय रुपैयाँ बढ्यो ! आजका लागि कतिमा हुदै छ त कारोबार ? जानकारी लिनुहोस

Image
Nisarga Hospital

नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । गत सोमबार नयाँ रेकर्ड बनाएर हिजो केही घटेको सुनको मूल्य आज १८ सय रुपैयाँले बढेको हो ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा र तेजाबी सुन १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन १ लाख ३१ हजार २ सय रुपैयाँ र तेजाबी सुन १ लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

Attariya Hospital

आज चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेर हालसम्मकै महँगो भएको छ । हिजो तोलाको १ हजार ५४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६१० रुपैयाँ पुगेको छ।

nawajiwan