कलाकर्मी संघ उपाध्यक्षमा बिसी सहित दुई सदस्य मनोनीत

Image
Nisarga Hospital

नेपाल साँस्कृतिक कलाकर्मि संघ राष्ट्रिय समिति उपाध्यक्षमा स्वास्थ्यकर्मी सहित रहनु भएकी कलाकार साधना बि सी लाई मनोनीत गरिएको छ ।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला घर भएकी बिसी गायन , नृत्याङ्गना कुशल कार्यक्रम प्रस्तोतामा अब्बल रहेकी छ्न । राष्ट्रिय उपाध्यक्ष बिसी संगै राष्ट्रिय समिति सदस्यमा संस्कृतिकर्मी ,लेखिका उप-प्राध्यापक सरिता साउँद र संस्कृतिकर्मी ,गायक एवं पण्डित केशबराज फुलारा लाई चयन गरिएको हो ।

साउँद सामाजिक क्षेत्रमा सेवा ,संस्कृतिकर्मिका साथै प्राध्यापन पेशामा संलग्न हुनुहुन्छ भने फुलारा लामो समयदेखि गायन क्षेत्रका साथै ट्रेड युनियनमा संलग्न रहनु भएको थियो ।

नेपाल साँस्कृतिक कलाकर्मी संघका राष्ट्रिय समिति अध्यक्ष उदिराम खड्काले केन्द्रीय पदाधिकारीको बैठक बाट चैत २० गते मंगलबार तिनै जनालाई मनोनीत गरेको अध्यक्ष खड्काले बताउनु भयो । तिनै जनाको मनोनीत संगै ६ महिना भित्र सुदूरपश्चिम प्रदेश अधिवेशन सम्पन्न गर्ने र जिल्ला समिति पुर्णता नभएको जिल्लामा समिति पुर्णता गर्ने जिम्मेवारी समेत प्रदान गरेको छ ।

नेपाल ट्रेड युनियन काँग्रेस निकट संघको राष्ट्रिय उपाध्यक्ष संगै सुदूरपश्चिम प्रदेशको संयोजकको जिम्मेवारी पाउनु भएकी साधना बि.सी.ले दिएको जिम्मेवारी पुर्ण रुपले कार्यन्वयन गर्ने बताउनु भयो ।