बझाङमा कार्यरत प्रहरी जवान धनगढीमा मृत फेला

Image
Nisarga Hospital

कैलालीको धनगढीमा एक प्रहरी जवान मृत अवस्थामा भेटिएका छन्। बुधबार बेलुका प्रहरी जवान सुरज बिक मृत अवस्थामा भेटिएका हुन्। जवान बिक धनगढी उपमहानगरपालिका वडानम्बर ७ स्थित जङ्गलमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। बझाङमा सादा पोसाकमा रहेर काम गर्दै आएका जवान बिक घरायसी कामको लागि बिदा मागेर धनगढी आएका थिए।

CP Hospital Dhangadhi

स्रोतका अनुसार चैत १३ गते बझाङबाट ४ दिनका लागि बिदा मागेर आएका उनलाई १४ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा बोलाइएको थियो। उनीएविरुद्ध उजुरी परेकोमा छलफलका लागि भनेर उनलाई कार्यालयमा बोलाइएको थियो।तर, प्रदेशले बुधबार नै बझाङका लागि रमाना गरेको भनेर जिल्ला प्रहरी कार्यालय बझाङलाई म्यासेजसमेत गरेको थियो। तर रमाना भएका जवान बिक रमान हुनुपर्ने दिन नै मृत भेटिएका हुन्।

स्रोतका अनुसार उनकी पत्नी पनि प्रहरी कर्मचारी नै हुन्। मृतक बिकले मृत्युभन्दा अगाडि कैलालीकै गेटामा कार्यरत पत्नीलाई फोनसमेत गरेको बुझिएको छ। यता प्रहरीले भने घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।