आईएमई समूहले ५ अर्ब रुपैयाँ लगानीमा बैतडीमा सिमेन्ट उद्योग खोल्ने

Image
Nisarga Hospital

बैतडी: आईएमई समूहले बैतडीमा सिमेन्ट उद्योग खोल्ने भएको छ। केबलकार, वित्तीय संस्था, होटल तथा सेवा क्षेत्रमा समेत लगानी गर्दै आएको समूहले अब सिमेन्ट उद्योगमा पनि लगानी गर्न लागेको हो। बैतडीमा प्रदेश सरकारकै अध्ययनले नेपालकै राम्रो चुनढुंगा रहेको निष्कर्ष दिएको थियो।

CP Hospital Dhangadhi

विगत तीन दशकदेखि देशको बैंकिङ तथा वित्तीय क्षेत्रमा क्रियाशील रहेको आईएमई समूहले आईएमई ब्राण्डमा सिमेन्ट उद्योग स्थापना गर्न लागेको हो । रेमिट कम्पनीबाट व्यावसायिक यात्रा सुरु गरेको आईएमई समूहले बैंकिङ, बीमा, केबलकार, होटल, अनलाइन पेमेन्ट सिस्टम, अटोमोबाइल्स, हाइड्रोपावरलगायतका क्षेत्रमा काम गर्दै आएको छ । समूहले अब विदेशी लगानीसहित ठूलो परिणाममा सिमेन्ट उत्पादन गरेर भारततर्फ निर्यात गर्ने योजनाका साथ उद्योग स्थापना गर्न लागेको हो। सोही कारण आगामी बैशाख १६ र १७ गते हुने तेस्रो लगानी सम्मेलनमा समेत सिमेन्ट उद्योगको विषय सोकेसमा राखिँदैछ ।

समूहले यसअघि पनि नवलपरासी (पूर्व) को चोरमारामा १० अर्ब रुपैयाँमा सिमेन्ट कारखाना स्थापना गर्ने घोषणा गरेको थियो। नवलपरासीमा धेरै उद्योग खुलेको भन्दै समूहले उक्त परियोजना होल्ड गरेर बैतडीमा नयाँ उद्योग स्थापना गर्न लागेको हो। समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने। अहिले भारततर्फ निर्यातको धेरै सम्भावना देखिएकोले बैतडीमा सिमेन्ट उद्योग स्थापना गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका समूहका अध्यक्ष चन्द्रप्रशाद ढकालले बताए। समूहले झुलाघाटबाट ३५ किलोमिटर पश्चिममा रहेको खानीमा भर पर्नेगरी सिमेन्ट उद्योग स्थापना गर्न लागेको हो।

nawajiwan
Attariya Hospital

बैतडीमा उत्पादन गरिने सिमेन्टको खानीमा अनुमानित २ करोड ४० लाख ५८ हजार ५ सय ६० टन चुनढुंगा रहेको छ। विदेशी लगानी भित्र्याउने योजनामा रहको समूहले २० देखि २५ अर्ब रुपैयाँ लगानीमा उद्योग खोल्न लागेको हो। २०७७ सालमा सुदूरपश्चिम प्रदेश सरकारले सिमेन्ट उद्योगको सम्भावना अध्ययन गराएको थियो।

बैतडी चुनढुंगा खानीका लागि उपयुक्त ठहर गर्दै ठूलो सिमेन्ट उद्योग खोल्न सकिने निष्कर्षसहित प्रतिवेदनसमेत बुझाइएको थियो । अध्ययनको क्रममा बैतडीमा उच्च गुणस्तरको लाइमस्टोन (चुनढुंगा) भेटिएको थियो। खानीसम्म पुग्नका लागि पहुँचमार्गसमेत नजिक नै पुगिसकेको छ। त्यही अध्ययनपछि नै बैतडीमा सिमेन्ट उद्योगको चर्चा सुरु भएको थियो। बैतडीमा उत्पादन भएको सिमेन्ट नेपाली बजारमा मात्रै नभएर नजिकै रहेका धार्चुला र झुलाघाट नाकाबाट भारत पठाउन सकिने भएकाले राम्रो बजार पाउने अपेक्षा गरिएको छ । बिजनेस न्युजबाट