नेपाली बजारमा सुनको मूल्यले राख्यो फेरी अर्को रेकर्डः आज तोलामै १ लाख ३४ हजार

Image
Nisarga Hospital

नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

CP Hospital Dhangadhi

यसअघि बुधबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ३३ हजार रूपैयाँमा कारोबार भएको थियो।आज सुन प्रतितोला एक लाख ३४ हजार रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार रूपैयाँ बढी हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३४ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३३ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

Attariya Hospital

बुधबार छापावाल सुन प्रतितोला एक लाख ३३ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३२ हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो। बिहीबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ६ सय ५० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च विन्दु हो।

nawajiwan