नेपाली बजारमा सुनको मूल्य घट्यो ! सुनचाँदी किन्न भनि बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य घटेको जानकारी दिएको छ । महासङ्घले आजको मूल्यसूची तय गर्दै बुधबारको तुलनामा मूल्य घटेर कारोबार सुरु भएको जानकारी दिएको हो । महासंघका अनुसार आज तोलामा २०० रुपैयाँले सुनको मूल्य घटेको छ ।

CP Hospital Dhangadhi

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ८०० रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३५ हजार १५० रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३५ हजार ३५० रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ ।

Attariya Hospital

महासङ्घले तोलामा १५ रुपैयाँले घटेर चाँदीको कारोबार सुरु भएको जानकारी दिएको छ । यससँगै चाँदीको मूल्य प्रतितोला १६ सय ५५ रुपैयाँ कायम छ । हिजो बुधबार १६ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

nawajiwan