केपी ओलीसँग भिडेकैले गोदावरीमा मलाई निषेध गरियो : भीम रावल

Image
Nisarga Hospital

नेकपा एमालेका नेता भीम रावलले आफू १० औँ महाधिवेशनमा अध्यक्षमा केपी ओलीसँग प्रतिस्पर्धा गरेकै कारण महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई निषेध गरेको बताएका छन्। रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफूलाई एमाले नेतृत्वले गरेको बैठकलाई गम्भीर रूपमा लिएको बताए।

CP Hospital Dhangadhi

उनले भने, ‘म एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को सदस्य हुँ। म त्यहाँ जाने मनस्थितिमै थिए। पार्टी त धेरै मानिसहरूको त्याग र पसिनाबाट बनेको हुन्छ नि। त्यो कुनै कम्पनी वा नीजि हुँदैन। नेतृत्व परिवर्तन हुन्छ। महाधिवेशनमा प्रत्येक व्यक्तिको चुन्ने र चुनिने अधिकार हुन्छ। कसैले टिका लगाइने, कुनै जिल्ला अधिवेशन भयो त्यसका लागि यहीबाट आदेश दिने।’

Attariya Hospital

एमालेको गोदावरी बैठकमा जबज र एमालेको परम्परा विपरीत भएको बताए। उनले भने, ‘म बैठकमा जान इच्छुक थिए तर मेरो त परिचयपत्र नै बनेको रहेछ, अनि कोही कोही मान्छेले तर्क गरेको सुनें सबैलाई पठाएको छ हेर्नुपर्छ। को हो भीम रावल छुट्टै पठाउनुपर्ने रु त्यो बेनामी यापबाट महाधिवेशन यति गते हुन्छ भन्ने जानकारी दिँदा केपी ओली जी मेरो ठाउँमा भएको भए जानुहुन्थ्यो।

nawajiwan

एमालेको गोदावरी बैठकमा जबज र एमालेको परम्परा विपरीत कसैलाई निषेध गर्ने, र महाधिवेशनमा उम्मेदवार बनेको कारणले प्रतिशोध साध्नेबाहेक केही पनि होइन। त्यसलाई मैले गम्भीर रूपमा लिएको छु।’ उनले आफूले आफूलाई पार्टीबाट धकेल्ने प्रयास भइरहेको बताए । उनले आफूलाई अहिले नेतृत्वले घुम्तीमा धकेलेको महसुस गरे पनि पार्टी छाडेको घोषणा नगर्ने बताए ।