धनगढी नगरप्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग

Image
Nisarga Hospital

धनगढीः निजी क्षेत्रको प्रभु बैंक धनगढी शाखाले धनगढी नगरप्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको छ ।विपन्न परिवारका बालबालिकाहरुको लागि विद्यालय पोसाक तथा पाठ्य सामग्री खरिदका लागि भनेर सो बैंकले सोमबार ५२ हजार ५०० रुपैयाँ धनगढी नगरप्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको हो ।

CP Hospital Dhangadhi

बैंकले धनगढी नगरप्रमुख शैक्षिक सुधार कोषमा शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनौट भएका नमुना विद्यालयका १० जना बालबालिकाका लागि पोसाक तथा पाठ्य सामग्री खरिद गर्न सो रुपैयाँ सहयोग गरेको जनाएको छ ।

हालसम्म सो कोषमा विभिन्न संघसंस्थाले गरी १२ लाख ४६ हजार ५०० रुपैयाँ जम्मा भएको र सहयोग गर्नेहरूको संख्या पनि बढ्दै गएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

nawajiwan

धनगढी उपमहानगरले ग्रामीण क्षेत्रका विद्यालयलाई छनौट गरी नमुना विद्यालय बनाउन पहल चालेको छ । ती विद्यालयमा अध्ययनरत छात्रछात्राहरु आर्थिक अभावका कारण ड्रप आउट हुन नपरोस् भनेर नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको छ ।

Attariya Hospital

सो कोषमा उपलब्ध रकमले विपन्न परिवारका बालबालिकाकाहरुलाई विद्यालय पोसाक तथा पाठ्य सामग्री उपलब्ध गराई ड्रप आउट रोक्न सहयोग पुग्ने उपमहानगरनगरको भनाई रहेको छ ।

धनगढी उपमहानगरले मात्र शिक्षामा लगाउन नसक्ने भएकोले विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार्न आफूले सक्ने जति नगरप्रमुख शैक्षिक सुधार कोषमा सहयोग गर्न धनगढी नगर प्रमुख गोपाल हमालले सबैलाई आग्रह गरेका छन् ।

यसअघि काठमाडौंको कलंकीस्थित एलआरआई स्कुलका संस्थापक शिवराज पन्तले पाँच लाख र हिमालयन बैंक धनगढी शाखाले एक लाख ९९ हजार ५०० र माछापुच्छ्रे बैंक धनगढी शाखाले चार लाख ९७ हजार रुपैयाँ धनगढीका विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधारका लागि सहयोग गरेका थिए ।

राजधानी