धनगढीमा क्यान्सर परीक्षण शिविर लाग्ने

Image
Nisarga Hospital

धनगढीः धनगढीमा क्यान्सर परीक्षण शिविर लाग्ने भएको छ। धनगढी उपमहानगरपालिका र बीपी कोइराल क्यान्सर अस्पताल भरतपुरको संतुक्त आयोजनामा जेठ ११ र १२ गते क्यान्सर परीक्षण शिविर लाग्ने भएको हो। क्यान्सर परीक्षण शिविर यो पटक उपमहानगरको दुई स्थानमा लाग्ने भएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

जेठ ११ गते शुक्रवार धनगढी–१२ जुगेडाको नवदुर्गा आधारभूत विद्यालय र १२ गते शनिवार वडा नम्बर ११ को सहरी स्वास्थ्य केन्द्र घोडसुवामा शिविर लाग्ने उपमहानगरले जनाएको छ। शिविरमा विभिन्न क्यान्सरको चेकजाँच र परीक्षण गरिने छ। ३० वर्ष माथिका महिलाको पाठेघरको सम्भावित क्यान्सरको निःशुल्क चेकजाँच हुने उपमहानगरले जनाएको छ।

nawajiwan