सत्ती भन्सारद्वारा नौ करोड ८० लाख राजस्व सङ्कलन

Image
Nisarga Hospital

कैलाली: कैलालीको सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा नौ करोड ८० लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । सत्ती भन्सार कार्यालयले चालु आवमा १२ करोड एक लाख ४७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

CP Hospital Dhangadhi

अबको १५ दिनमा उक्त लक्ष्यमा पुग्न मुश्कील हुने देखिन्छ । गत वर्षको तुलनामा यस वर्ष राजस्व बढ्ने सत्ती भन्सार कार्यालयका प्रमुख दिनहरि सापकोटाले बताए । गत आर्थिक वर्षमा सो भन्सार कार्यालयले १६ करोड ९४ लाख ४१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । तर सो आवमा सात करोड ५० लाख ४० हजार मात्र राजस्व सङ्कलन भएको प्रमुख सापकोटाले बताए ।

“यस वर्ष हामी लक्ष्य प्राप्तिको नजिक पुगेका छौैँ”, उनले भने । सत्ती भन्सार कार्यालयले प्रशासनिक सेवा शुल्कवाफत ६४ हजार, बेरुजुबाट एक लाख, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने करतर्फ ४१ हजार, अन्तः शुल्क आयातमा २३ लाख ११ हजार, भन्सार महसुल आयातमा पाँच करोड एक लाख, कृषि सुधार शुल्कमा एक लाख आठ हजार, भन्सारसम्बन्धी अन्य आयमा ६ लाख ३९ हजार, मूल्य अभिवृद्धि कर आयातमा चार करोड ४६ लाख ९७ हजार तथा हरित करबाट चार हजार राजस्व सङ्कलनभएको प्रमुख सापकोटाले बताए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सत्ती भन्सार भएर आयातको तुलनामा निर्यात शून्य छ । यस बाहेक जिल्लामा धनगढीस्थित त्रिनगर भन्सार कार्यालय छ । सो भन्सार भएर खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री तेकुनियाँ भएर आयात गरिँदै आएको छ । खुला सीमाका कारण राजस्व सङ्कलनमा समस्या भएको प्रमुख सापकोटाको भनाइ छ ।

Dhnagadhi & Krishanapur